2026-07-29 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

माल्टा पठाइदिने भन्दै ६ लाख लिएर सम्पर्कविहीन भएका गुरूङ पक्राउ

माघ १६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।  रकम ठगी गरेको आरोपमा पोखरा घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरूङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले गुरूङलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको जानकारी दिए।

पीडित दिपक कडेंललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने, त्यसका लागि ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित होटलमा काम लगाइदिने भन्दै प्रलोभनमा पारी उनीबाट ६ लाख १८ हजार रुपैयाँ लिइ गुरुङ फरार भएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडित कडेंलले गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गुरूङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै