2026-06-28 09:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य

माघ १६, काठमाडौँ | आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई १७० रनको सामान्य लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९।५ ओभरमा १६९ रनमा अलआउट भयो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ तथा कप्तान देव खनालले ३५ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।


४२ ओभरको अन्तिम बलमा आउट हुनुअघि केसीले १०० बलको सामना गर्दै ६ चौका हिर्काएका थिए । त्यस्तै कप्तान खनालले ६० बलमा ३५ रन जोड्दा ओपनर अर्जुन कुमाल १४ रनमा आउट भए । अर्का ओपनर विपीन रावल २ रनमा आउट हुँदा गुल्सन झा, दीपक बोहरा, दिपेश कँडेल र आकाश त्रिपाठी समान ३ रनमा आउट हुँदा आकाश चन्द शून्य रनमै एलबीडब्लूको धरापमा परे । दुर्गेश गुप्ताले ९ रन थप्दा सुवाश भण्डारी १८ रनमा आउट भए ।

बलिङतर्फ बंगलादेशका रोहान दौलाहले तीन विकेट लिए । नेपाल औपचारिक रुपमा सेमिफाइनलको समिकरणबाट बाहिरिसकेको छ भने बंगलाचदेश र भारत अर्को चरणमा पुगिसकेका छन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी