२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मलेसियाको सत्रौँ राजाको रूपमा सुल्तान इब्राहिमद्वारा शपथ ग्रहण

२०८०, १७ माघ बुधबार ११:५७

माघ १६, कोलालम्पुर । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबिच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन् । 

पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्नेछन् ।


प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए ।

उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो ।

मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो राज्यको नेतृत्व गर्छन् र पाँच वर्षको कार्यकालका लागि पालैपालो राजा बन्ने प्रावधान मलेशियाको संविधानले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता