2026-08-23 06:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै प्रधानमन्त्री कपमा आर्मीको सातौँ जित

माघ १८, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको छ ।

नवौँ खेल खेलेको आर्मी क्लबले हात पारेको यो सातौँ जित हो । दुई खेलमा भने आर्मी क्लब पराजित भएको थियो । नवौँ खेल खेलेको गण्डकी प्रदेशले भोगेको यो सातौँ हार हो । दुई खेलमा भने गण्डकी प्रदेश पराजित भएको थियो । गण्डकी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ३९.१ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने २३.४ ओभरमा अलआउट हुनुअघि ६४ रनमात्र बनाउन सक्यो ।

सामान्य विजयलक्ष्य पछ्याएको गण्डकी प्रदेशका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर इश्वर क्षेत्रीले १६ रन बनाए । चौथो नम्बरका ब्याट्सम्यान करण पंगेनीले १५ रन जोडे । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मी क्लबका बलर साहब आलमले चार विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै केवल १७ रन खर्चिए । जितेन्द्र मुखियाले पनि दुई विकेट हात पारे । कुशल मल्लले पनि दुई विकेट लिए ।

त्यसअघि लिग चरणको आफ्नो अन्तिम खेलमा आर्मी क्लबका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान इमरान शेखले ३४ रन बनाए । उनले ६४ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्की भने केवल दुई रन बनाउँदै पेभेलियन फर्किए ।

अनुभवी खेलाडी भीम सार्की पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान विनोद भण्डारी पनि १९ रनमै आउट भए । सन्दीप रजाली र बसिर अहमदले त खातासम्म खोल्न सकेनन् । बिवेक यादब पनि एक रन बनाउँदै पेभेलियन फर्किए ।

तल्लो क्रमका ब्याट्सम्यान कुशल मल्लले टोलीको खातामा १५ रन थपे । सोमपाल कामीले २३ रन बटुले । उनले ३९ बलमा दुई चौका पनि हिर्काए । साहब आलमले अविजित १२ र जितेन्द्र मुखियाले आठ रन बनाए ।

आर्मी क्लबले अतिरिक्त रुपमा आठ रन पायो । गण्डकी प्रदेशका बलर बिपिन खत्री, कृष्ण पौडेल, अमृत गुरुङ र कमल परियारले दुई–दुई विकेट हात पारे । सन्दीप पराजुली र रोशन गौतमले पनि एक–एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो