2026-09-07 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपालका लागि भारतले छुट्टयायो ११ अर्ब २० करोड बजेट

माघ १८, काठमाडौँ | भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । बिहीबार वित्त वर्ष २०२४/२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको हो । 

जसमध्ये छिमेकी मुलुक नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको छ । अघिल्लो वित्त वर्ष २०२३/२४ का लागि नेपालका लागि भारतले ६५० करोड भारु (१० अर्ब ४० लाख रुपैयाँ) छुट्टाएको थियो । उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट) मा रहने समेत भारत सरकारले बताएको छ । 

कुन देशलाई कति आर्थिक सहयोग ?

बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाएको छ । 

नेपालका लागि ७ अर्ब भारु बजेट छुट्टाएको सरकारले भुटानका लागि ९८९.७० करोड भारु ऋणसहित १० अर्ब ७८ करोड ८६ लाख भारु अनुदान गरी कूल २० अर्ब ६८ करोड ५६ लाख भारु आर्थिक सहायता गर्ने जनाएको छ । 

अघिल्लो वर्ष ऋण र अनुदान गरी भारत सरकारले भुटानका लागि २३ अर्ब ९८ करोड ९७ लाख भारु प्रदान गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतले भुटानका लागि आर्थिक सहायता घटाएको हो ।  यस्तै, श्रीलंकाका लागि यो वर्ष भारत सरकारले ७५ करोड भारु मात्र छुट्टाएको छ । अघिल्लो वर्ष उक्त मुलुकका लागि भारतले ६० करोड विनियोजन गरेको थियो । 

यस्तै, माल्दिभ्सका लागि ६ अर्ब, मङ्गोलियाका लागि ५ करोड, बङ्गलादेशका लागि १ अर्ब २० करोड भारु छुट्टाएको भारत सरकारले अफगानिस्तानका लागि २ अर्ब भारु छुट्ट्याएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ