2026-06-28 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ क्रिकेट विश्वकप क्रिकेट: नेपाल भारतसँग भिड्दै

माघ १९, काठमाडौँ | आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ। सुपर सिक्सको पहिलो खेल गुमाइसकेको नेपाल भारतसँगको खेलपछि जित वा हार जे भए पनि घर फर्किनेछ।

विश्वकपमा नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो। यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो।  सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकपमा भिडेका थिए। 

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपाल बंगलादेशसँग ५ विकेटको पराजित भएसँगै नेपालको अर्को चरणमा जाने सम्भावना सकिइसकेको थियो।

भारतले भने सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो। भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ। भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन्।

सुपर सिक्सको समूह १ बाट नेपाल सहित न्यूजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका हुन्।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहीन भएको हो। आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी