2026-08-23 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्जुन कुमाललाई आईसीसीले गर्‍यो कारबाही

माघ १९, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालका युवा ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ ।

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा बंगलादेशविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका छन् । अर्जुनले आइसीसीको आचार संहिता-२ अनुसार गल्ती गरेपछि १ निलम्बन (सस्पेन्सन) प्वाइन्ट पाउनुको साथै एकै पटक तीन डिमिरेट प्वाइन्ट पाएका छन् । उनको तीन डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म लागु हुनेछ ।

यदि २४ महिना अवधिमा चार डेमेरिट प्वाइन्ट वा दुई निलम्बन अंक भएमा दुई अन्तर्राष्ट्रिय क्रिकेट खेलमा प्रतिबन्ध लाग्ने गर्दछ ।

नेपाल बुधबार सुपर सिक्स खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । छैटौं ओभरमा अर्जुनले रन लिनेक्रममा बंगलादेशका मरुफ मृधालाई क्रिजमा धक्का दिँदै रन जोडेका थिए ।

त्यहिँ कारण अर्जुन र बंगलादेशका मरुफबीच केहि भनाभन भएको थियो । उनले दौडिनेक्रममा आफ्नो साइडबाट रन जोड्ने धुनमा धक्का दिएका थिए । मृधालाई धक्का दिएको कारण एकै पटक तीन डेमेरिट प्वाइन्ट पाएका हुन् ।

खेलपछि अर्जुन कुमालले म्याच रेफ्रीसँग गल्ती स्वीकार गरेका छन् । नेपालले विश्वकपको अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । त्यसपछिका खेलमा भने अर्जुन चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो