२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसामा मानव तस्करी: अध्यागमन अधिकृत खड्काले झुट बोलेको पोलिग्राफले देखायो

१९ माघ २०८०, शुक्रबार ०७:३४

माघ १९, काठमाडौँ | भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको पोलिग्राफ जाँचका क्रममा उनले झुट बोलेको देखिएको हो । जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्दा प्रहरीले समावेश गरेको पोलिग्राफको प्रतिवेदनमा ‘डिसेप्सन इन्डिकेटेड’ लेखिएको छ । जाँच गरिएका व्यक्तिले झुटाे बोलेको अवस्थामा यस्तो रिपोर्ट आउने अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले नरवीरलाई १८ मंसिरमा सिनामंगलस्थित होटल वाल्टिक इनबाट पक्राउ गरेको थियो । त्यसबेला उनको साथबाट प्रहरीले २ लाख रुपैयाँ र विदेश जाने ६६ युवाको सूची पनि बरामद गरेको थियो । बयानका क्रममा आफूले सेटिङ गर्ने गरेको स्वीकारे पनि उनले २ लाख रुपैयाँ सापटी लिएको दाबी गरेका थिए । अनुसन्धानका क्रममा भने उनले कन्सल्टेन्सीका सञ्चालकहरुले दिने सूची अनुसारका व्यक्तिहरुलाई विदेश पठाउन सहयोग गरेवापत पैसा लिएको भेटिएको थियो ।


सत्तारुढ नेकपा माओवादी निकट ट्रेड युनियनमा समेत रहेका खड्का पक्राउ परेपछि अध्यागमनमा अधिकृतहरुको भागाभाग चलेको अधिकृतहरु बताउँछन् । अनुसन्धान भइरहँदा काज सरुवा मिलाएर अर्का अधिकृत नरबहादुर कुँवर उम्किए । पछि बुबाको निधन भएर अन्तिम संस्कारमा सहभागी भएका उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो । पछि नरवीरको बयानका आधारमा प्रहरीले थप ७ जना अध्यागमन अधिकृतलाई प्रतिवादी बनाएको थियो ।

प्रहरी स्रोतका अनुसार, खड्काले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिएको प्रारम्भिक बयानमा भिजिट भिसाका लागि विमानस्थलमा रहेको सहजीकरण समितिलाई ‘घुस समिति’ भनेका थिए । र, त्यसमा रहेका सबैसमक्ष भिजिट भिसामा विदेश पठाउने गिरोहको पैसा पुग्ने बताएका थिए ।

कार्यालयले उनको प्रारम्भिक बयानको भिडियो रेकर्ड समेत गरेको थियो । तर, सरकारी वकिलको रोहबरमा जिल्ला प्रहरी परिसर, काठमाडौंसमक्ष दिएको बयानमा उनले बोली फेरेको अधिकृतहरु बताउँछन् ।नरवीरको नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहसँग पनि सम्बन्ध देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले ५० हजार रुपैयाँ लिएर पीडितलाई दुबई पठाएको खुलेको थियो । त्यो रकम उनले आफ्नो बहिनी भावनाको नेपाल बैंकमा रहेको खाताबाटै लिएका थिए ।

 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान