२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

२०८०, १९ माघ शुक्रबार ०८:१७

माघ १९, सर्लाही | सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।  महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।

पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार  व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्याेगमा मुद्दा  दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।

घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति