८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा जनचेतनाले उजुरी बढे

२ कार्तिक २०७३, मंगलवार ०६:११

कात्तिक २, रोल्पा । गाउँमा हुने अधिकांश घटना गाउँमै मिलाउने गरिएको रोल्पाका ग्रामीण भेगमा पछिल्ला दिनमा भने सरकारी निकायमा आएर मुद्दा गर्नेको सङ्ख्या बढेको छ । 

अघिल्लो आर्थिक वर्ष जम्मा दर्ता मुद्दाको सङ्ख्या १२७ रहेकोमा गत आवमा यो सङ्ख्या १३९ पुगेको थियो । दर्ता भएका मुद्दामा अघिल्लो वर्ष ज्यानसम्बन्धी ५२ वटा मुद्दा दर्ता भएका थिए भने गत आवमा ५० रहेको थियो । 

यसैगरी, आत्महत्यासम्बन्धी अघिल्लो आर्थिक वर्ष ४१ वटा मुद्दा दर्ता भएकोमा गत वर्ष यो सङ्ख्या बढेर ६६ पुगेको थियो । चोरीसम्बन्धी मुद्दा अघिल्लो वर्ष दुईवटा रहेकोमा गत वर्ष चारवटा दर्ता भएका थिए । 

यसैगरी, सङ्गठित तथा आर्थिक अपराधअन्तर्गतका घटना अघिल्लो वर्ष १३ वटा दर्ता भएकोमा गत वर्ष यसको सङ्ख्या दुई मात्र रह्यो । सामाजिक अपराधका घटना अघिल्लो वर्ष छवटा रहेकोमा गत वर्ष आठ वटा दर्ता भएका थिए । 

यसैगरी महिला तथा बालबालिकासम्बन्धी घटनाका मुद्दा अघिल्लो आवमा सातवटा थिए भने गत वर्ष चारवटा मात्र दर्ता भए । सवारीसम्बन्धी अघिल्लो वर्ष चारवटा मुद्दा दर्ता भएकोमा गत वर्ष यो सङ्ख्या बढेर पाँच पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । 

सामाजिक अपराधका घटनाको उजुरी प्रहरी कार्यालयमा बढ्दै जानुले नागरिकमा चेतनास्तर उठेको रुपमा अथ्र्याउनु हुन्छ महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्य । 

सामुदायिक प्रहरी सेवा केन्द्र रोल्पाले समेत हरेक वर्ष गाउँ गाउँ पुगी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा नागरिकलाई न्यायको ढोकासम्म आउन सहज भएको सामुदायिक प्रहरी सेवा केन्द्र रोल्पाका अध्यक्ष निमबहादुर सिंहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता