कात्तिक २, काठमाडौं । नेपालको सरकारी स्वामित्वको सिभिल सर्भिस हस्पिटलमा विभिन्न पदमा ८३ जनाका लागि रोजगारी खुला गरेको छ । हस्पिटलले आज एक विज्ञापन प्रकाशित गरि एकवर्षे करार अवधिमा सेवा गराउने गरी कर्मचारीको माग गरेको हो ।
अस्पतालले स्टाफ नर्सतर्फ ५९ जनाको माग गरेको छ भने ओपीडी असिस्टेन्ट १५ जना, इलेक्टि्रकल ओभरसियर १ जना र डेन्टल हाइजेनिस्ट ४ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
त्यस्तै ल्याब टेक्निसियनतर्फ ३ जना र रेडियोग्राफरतर्फ १ जनाको माग गरको छ ।