2026-06-29 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते

माघ २१, वासिंगटन डिसी | इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् ।

इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ।

सरकारी प्रवक्ताले  नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए । 

गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार राती देखी सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको थियो । 

ह्वाइट हाउसले तीन अमेरिकी सैनिकको हत्यामा इरान समर्थित मिलिशिया छाता समूहलाई दोष लगाएको थियो। इराकले भन्यो कि अमेरिकाको जवाफी हमलाले यस क्षेत्रको लागि विनाशकारी नतिजा ल्याउनेछ ।

अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेका इरान समर्थित मिलिशिया समूहमाथि हवाई आक्रमण गरेको बताएको छ । ‘हाम्रो जवाफी हमला सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन ।

इरानले भने अमेरिकी आधारमा भएको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र आरोपहरूलाई निराधार भनेको छ । र, प्रतिरोधी समूहहरूको निर्णयमा संलग्न नभएको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी