2026-06-29 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

परिवारसँग पैसा धुत्न अपहरणको नाटक, प्रहरीले खोज्दा होटलमा लागूऔषधको नसामा धुत भेटिए

माघ २१, काठमाडौँ | थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक पुरुषले पैसाको जोहो गर्न अनौठो तरिका अपनाएका छन् । बैंकक घुमफिर गर्दागर्दै रबी डे नाम गरेका ती पुरुषले साथमा भएको सारा पैसा सके । हुन त रमाइलो गरिरहेको बेलामा समय र पैसा कति बेला सकिसक्छ भन्ने उनले पत्तो पाएनन् होला । घरपरिवारसँग पैसा मागे ।

तर मोजमस्ती गर्न र पार्टी गर्नकै लागि भनेर परिवारले पैसा पठाउन मानेन । डेसँग स्वदेश फर्कन वा पैसाको जोहो गर्नु पर्ने दुई विकल्प मात्रै थियो । सोझो तरिकाले पैसा नआउने देखेपछि उनले तिकडम गरे । 

आफूसँगै थाइल्यान्ड घुम्न आएका साथीलाई मास्क लगाएर आफूलाई पिट्न लगाए । अनुहारभरि कुटपिटको दाग भएको फोटो खिचाए । आफ्नो अपहरणको झुठो नाटक गरे अनि परिवारसँग फिरौती मागे । अपहरणको नाटकलाई वास्तविक देखाउन उनका केही साथीहरु  मुख छोपेर अपहरणकारी बने ।

डे अपहरणमा परेको खबर सुनेपछि परिवारले प्रहरीकहाँ उजुरी गरिदिए । इन्टरपोलले पीडितलाई खोज्न थाल्यो । पट्टायाको एक होटलमा पीडित हुन सक्ने थाहा भयो । इन्टरपोलले स्ट्राइक टिमको साथमा उक्त होटलमा आए । तर होटलको कोठामा रक्सी र लागू औषधको नसामा धुत डे भेटिए । प्रहरीले डेलाई जनवरी २६ मा फेला पारेको थियो । होटलको कोठामा उनको साथमा अरु तीन जना विदेशीहरु पनि थिए । प्रहरीले चारै जनालाई अनधिकृत हतियार राखेको, साथमा लागू औषध भेटिएको र भिसाको म्याद गुज्रिएपछि पनि बसेको आरोपमा पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी