२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ

२०८०, २२ माघ सोमबार ०९:१६

माघ २२, काठमाडौँ | भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् ।  ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् ।

रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा परेका हुन् । डाइभर्सिफाइड ग्रुपको श्रेणीमा भने मुकेश सबैभन्दा माथि छन् ।


ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी टेन्सेन्टका सीईओ हुआतेङ मा पहिलो स्थानमा छन् । हुआतेङले ८१ दशमलव ६ अङ्क पाएका छन् । भारतीय सूचीमा पहिलो र विश्वव्यापी सूचीमा दोस्रो स्थानमा रहेका अम्बानीले भने ८० दशमलव ३ अङ्क पाएका छन् ।

अम्बानीले जुन गतिले आफ्नो व्यापार व्यवसाय विस्तार गरिरहेका छन्, यो हेर्दा उनी छिट्टै नै शीर्ष स्थानमा पुग्ने देखिन्छन् । यो सूचीमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पाँचौं स्थानमा छन् ।

महिन्द्रा एन्ड महिन्द्राका अनिश शाह छैटौँ स्थानमा छन् । इन्फोसिसका सलिल पारेख भने १६ औं शक्तिशाली सीईओ बनेका छन् । विभिन्न आधारमा सीईओहरुको प्रदर्शन मापन गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो