2026-07-24 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु

माघ २३, हेटौंडा | साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।

हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो।

उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो। उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएको थियो। विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भएपनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी गरिएको उनले बताए।

चार वर्षदेखि लगातार घाटामा रहेको यो उद्योग समय-समयमा कोइला अभाव र मेसिन बिग्रँदा बन्द हुने गरेको छ। ४० वर्ष पुराना मेसिनबाट सञ्चालन हुँदा पनि बारम्बार समस्या आउने गरेको महाप्रबन्धक पाण्डे बताउँछन्। उनले उद्योगको मेसिन मर्मत गरेर कहिलेसम्म चलाउने भन्दै सरकारसँग प्रश्न गरेका छन्।

पुराना मेसिनले गर्दा उत्पादन लागत बढ्ने र बजारमा निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको महाप्रबन्धकको भनाई छ। सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन जीर्ण बनेकाले पूर्ण क्षमतामा काम गर्न नसकेको उनको भनाइ छ। नयाँ मेसिन नआएसम्म यी समस्या कायमै रहने र उद्योग नाफामा जान नसक्ने उनले बताएका छन्।

दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगमा यो आर्थिक वर्ष २ लाख ४९ हजार ४५६ बोरा मात्र सिमेन्ट उत्पादन भएको छ। यसमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै बिक्री हुन बाँकी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।

यसरी लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएपनि यसका लागि आवश्यक पर्ने कोइला र मेसिनको मर्मत सम्भारको सुनिश्चितता गर्नु जरुरी देखिन्छ। घाटामा रहेको यस उद्योगलाई नाफामा लैजान सरकार र व्यवस्थापनको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक