२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पहिलो पटक बालिका सम्मेलन हुँदै

२०७३, २ कार्तिक मंगलवार १२:०६

मोहम्मद ईजहार शेष | कात्तिक २, परासी । नवलपरासीमा पहिलो पटक बालिका सम्मेलन हुने भएको छ । 

संयुक्त राष्ट्रिय संघले सन २०१२ देखि अक्टोबर महिनाको ११ तारिखलाई अन्तराष्ट्रिय बालिका दिवस मनाउने निर्णय गरेकोले नेपालमा यो दिवस यो वर्ष नेपालीहरुको महान पर्व दशैं परेकाले कात्र्तिक महिनामा देशैभर विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरिएको छ  भने नवलपरासीमा उक्त दिनलाई बालिका सम्मेलन गरि कात्तिक १२ गते मनाउने तयारी गरिएको बाल अधिकार अभियानता दिपक शर्माले जानकारी दिनुभयो ।

सरकारले यो वर्ष अन्तराष्ट्रिय बालिका दिवसको नारा सक्षम बालिका ,समृद्ध नेपाल राखेको छ । सो अवसरमा नवलपरासीमा भने बालिका सम्मेलनको तयारी गरिएको बाल उँहाले बताउनु भयो । उक्त सम्मेलन द गार्डेन अफ होप फाउन्डेसन र जागृति बाल तथा युवा सरोकार नेपालको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको हो । सम्मेलनले विभिन्न क्षेत्रका बालिकाहरुको समस्यालाई सम्बोधन गर्ने किसिमले घोषणा पत्र जारी गर्ने तयारी समेत भईरहेको छ भने नवलपरासी जिल्लालाई बालमैत्रि जिल्ला घोषणा गर्नका लागि हरेक गाविस तथा नगारपालिकाहरुमा बालमैत्री अवधारणा लागु गर्ने बारे समेत बृहत क्षलफल हुने बताईएको छ । 

सम्मेलनमा हरेक गाविस वा नगरपालिकामा गठित बाल सञ्जालवाट १३ वर्षदेखि १९ वर्षसम्मका बालिकालाई सहभागि गराईने बताईएको छ । सम्मेलनका लागि अहिले तयारी तिब्र पारिएको छ । सम्मेलनमा सहकार्य गर्नका लागि विभिन्न संघसंस्थावाट समन्वय भईरहेको छ भने सो अवसरमा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने बालिकाहरुलाई सम्मानित पनि गर्ने जनाईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से