२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पहिलो पटक बालिका सम्मेलन हुँदै

२ कार्तिक २०७३, मंगलवार १२:०६

मोहम्मद ईजहार शेष | कात्तिक २, परासी । नवलपरासीमा पहिलो पटक बालिका सम्मेलन हुने भएको छ । 

संयुक्त राष्ट्रिय संघले सन २०१२ देखि अक्टोबर महिनाको ११ तारिखलाई अन्तराष्ट्रिय बालिका दिवस मनाउने निर्णय गरेकोले नेपालमा यो दिवस यो वर्ष नेपालीहरुको महान पर्व दशैं परेकाले कात्र्तिक महिनामा देशैभर विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरिएको छ  भने नवलपरासीमा उक्त दिनलाई बालिका सम्मेलन गरि कात्तिक १२ गते मनाउने तयारी गरिएको बाल अधिकार अभियानता दिपक शर्माले जानकारी दिनुभयो ।

सरकारले यो वर्ष अन्तराष्ट्रिय बालिका दिवसको नारा सक्षम बालिका ,समृद्ध नेपाल राखेको छ । सो अवसरमा नवलपरासीमा भने बालिका सम्मेलनको तयारी गरिएको बाल उँहाले बताउनु भयो । उक्त सम्मेलन द गार्डेन अफ होप फाउन्डेसन र जागृति बाल तथा युवा सरोकार नेपालको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको हो । सम्मेलनले विभिन्न क्षेत्रका बालिकाहरुको समस्यालाई सम्बोधन गर्ने किसिमले घोषणा पत्र जारी गर्ने तयारी समेत भईरहेको छ भने नवलपरासी जिल्लालाई बालमैत्रि जिल्ला घोषणा गर्नका लागि हरेक गाविस तथा नगारपालिकाहरुमा बालमैत्री अवधारणा लागु गर्ने बारे समेत बृहत क्षलफल हुने बताईएको छ । 

सम्मेलनमा हरेक गाविस वा नगरपालिकामा गठित बाल सञ्जालवाट १३ वर्षदेखि १९ वर्षसम्मका बालिकालाई सहभागि गराईने बताईएको छ । सम्मेलनका लागि अहिले तयारी तिब्र पारिएको छ । सम्मेलनमा सहकार्य गर्नका लागि विभिन्न संघसंस्थावाट समन्वय भईरहेको छ भने सो अवसरमा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने बालिकाहरुलाई सम्मानित पनि गर्ने जनाईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम