१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सार्वजनिक जग्गा व्यक्तिका नाममा, तत्कालीन अध्यक्षसहित २४९ जनाविरुद्ध मुद्दा दायर

२५ माघ २०८०, बिहीबार ११:१७

माघ २५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप छ । 

जोशी लगायत पदाधिकारीले नक्कली भुक्तानी रसिद बनाएर समितिको प्लट घडेरी आफन्त लगायतको नाममा नामसरी गरेको अरोप आयोगको छ । आयोगले अध्यक्ष जोशीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ बमोजिम विगो असुल उपर हुनेगरी दुई करोड १२ लाख ४० हजार ९ सय ४४ रुपैँया जरिवाना र सोही ऐनको दफा ११ अनुसार थप सँजायको मागदावी लिएको छ ।

आयोगले समितिका अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मी, समितिको बोर्ड बैठकले गठन गरेको उपसमितिका संयोजक गणेसिंह रावल लगायत ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि रेग्मीले प्राप्त प्रमाणका आधारमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार