2026-09-05 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानी संसदीय चुनाव : इमरान खानसमर्थित स्वतन्त्र उम्मेदवार अगाडि

माघ २६, काठमाडौँ | पाकिस्तानको संसदीय(नेसनल एसेम्बली) को चुनावको  प्रारम्भिक नतिजामा इमरान खानको पाकिस्तान तहरिक-ए इन्साफ(पीटीआई) समर्थित उम्मेदवार अगाडि देखिएका छन् । खान र पीटीआईमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइए पनि पीटीआईसमर्थित उम्मेदवार अगाडि देखिएका हुन् । 

पाकिस्तान चुनाव आयोगकै वेबसाइटमा देखाइएको नतिजाअनुसार अहिलेसम्म २४ सिटमा पीटीआईसमर्थित स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । त्यस्तै बिलाबल भुट्टोको पाकिस्तान पिपल्स पार्टी(पीपीपी) २४ सिटमा अगाडि हुँदा पाकिस्तान मुस्लिम लिग(नवाज) भने १८ सिटमा अगाडि रहेको छ ।

अहिलेसम्म ६७ सिटको चुनावी नतिजा घोषणा भएको छ । १९५ सिटको नतिजा भने आउन बाँकी छ । पाकिस्तानको संसद् ३३६ सिटको छ । जसमध्ये २६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । पाकिस्तानमा सरकार बनाउनका लागि १३४ सांसद आवश्यक पर्छ । ७० सिट भने समानुपातिक प्रणालीबाट चुनिन्छ । त्यसमध्ये १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ । ६० सिट भने महिलाका लागि छुट्याइएको छ ।

बिहीबार सम्पन्न चुनाव निष्पक्ष नभएको पीटीआईले जनाएको छ । चुनावपछि पनि चुनाव आयोगले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेको र फेरबदल गरिरहेको उसको आरोप छ । पीटीआईले चुनाव आयोगबाट सार्वजनिक नतिजामै धाँधली भएको प्रमाणित भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । केही पोस्टमा सार्वजनिक गरिएको चुनावी नतिजामा कुल खसेको मतभन्दा सदर मत बढीसमेत देखिएको छ ।

पीटीआईले प्रान्तीय चुनावमा पनि आफ्नो जित भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ