५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै

२७ माघ २०८०, शनिबार ०३:२६

माघ २७, काठमाडौं | आजदेखि मलेसियामा हुने एसीसी महिला प्रिमियर कप शुरु हुदैछ । नेपालले आज आफ्नो पहिलो खेल खेल हङकङविरुद्ध खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७स् १५ बजेदेखि शुरु हुने छ ।    

यस प्रतियोगितामा नेपाल समुह 'डी' मा रहेको छ । समुह 'डी' मा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल आज हङकङसँग खेल्ने छ भने दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।

एसीसी महिला प्रिमियर कप फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुदै छ । 

क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।

त्यसैगरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ