2026-07-24 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाई

माघ २७, भक्तपुर | लान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएकाे छ ।

भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कां वडासदस्य कृष्णनारायण दुमरुले बिलय भइसकेको भत्केको पाटीलाई पुरानै स्थानीय नाम लान्चाफल्चा नामाकरण गरी पाटी र फुलबारी समेत बनाएको बताए । जनताको सहयोगमा नगरपालिकाले निर्माण गरेर यस क्षेत्रको वातावरण सुधार गरेको उनको भनाई थियो । उनले फोहरलाई कुहिने र नकुहिने छुट्याई नगरपालिकाको गाडी वा गाडामा राखीदिनु हुन अनुरोध गर्दै विगतमा फोहर छुट्याउन बाल्टिन वितरण समेत गरेको हुँदा स्वयम्स्फूर्त परिवर्तन नआएसम्म फोहर नछुटिने भएकोले आफैबाट फोहर छुट्याउने सुरुवाट गर्नुपर्ने बताए ।

वडा निरिक्षक रामकृष्ण प्रजापतिले सरसफाई सभ्याताको परिचय भएको हुँदा जहाँ सफा हुन्छ त्यहाँका मानिसहरु सभ्य भएको पहिचान हुने भएकोले नगरपालिकाले सरसफाईमा जोड दिई आएको बताए । उनले फोहर कुहिने र नकुहिने छुट्याई कुहिने फोहरको कम्पोष्ट मल बनाई कृषिजन्य उत्पादनमा प्रयोग गरे अर्गानिक कृषि उत्पादन उपभोग गर्दा क्यान्सर र मृगौला रोग लगायत दीर्घ रोगबाट बच्नसक्ने बताए । उनले यसले मल अभावलाई पनि केही राहत पुग्ने बताए । 

कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष सरोज सुवालले सरसफाईमा सहभागी भएका सबै वडाबासीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको बताउँदै टोलको ढल निकास लगायत विकास निर्माण कार्यमा सहयोगको लागि अनुरोध गरे । कार्यक्रममा सचिव हरिभक्त फोजुले पनि सरसफाईको महत्वबारे चर्चा गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक