२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने

२८ माघ २०८०, आईतवार ०३:२१

माघ २८, इस्लामबाद | पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआईले आज प्रदर्शन गर्न लागेको हो  । 

सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ ।

पीटीआई नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

‘इमराने खान साहबको निर्देशन अनुसार नतिजा रोकिएका र ढिलाइ भएका क्षेत्रहरू हामी तपाइँसँग त्यो सूची साझा गर्नेछौं र जानाजानी हाम्रो बहुमतलाई 

हारमा परिणत गर्न कोशिश गरिदैँछ, त्यसैले दबाब दिन जरूरी छ’ उनले भने, ‘नतिजा घोषणा नभएका निर्वाचन क्षेत्रमा सम्बन्धित आरओ कार्यालयबाहिर आन्दोलन गर्ने छौँ ।”

गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई  कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले शनिबार मध्यरातसम्ममा पूर्ण परिणाम घोषणा गर्ने निर्वाचन आयोगलाई दबाब दिएकाे थियाे ।

‘निर्वाचन आयोगले मध्यरातभित्र पूर्ण परिणाम घोषणा गरोस्, नत्र नतिजा नआएका क्षेत्रमा आन्दोलनको सामना गर्न तयार रहनुपर्छ’, साे पार्टीले हिजाे भनेकाे थियाे । यस क्रममा पीटीआईले केन्द्रका साथै पञ्जाब र खैबर-पख्तुनख्वा प्रान्तमा पनि सरकार बनाउने बताएको छ।

खान नेतृत्वकाे पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा बिजय हासिल गरी पहिलाे स्थानमा रहेकाे छ भने नवराज सरिफकाे नेतृत्वकाे पिएमएलएन ७१ सिटसहित दाेस्राे स्थानमा रहेका छन । पिपिइ ५४ र जेएलफ ५ र अन्य स्वतन्त्रले ३३ स्थानमा बिजयी हासिल गरेका छन ।

बिहिबार अबेरसम्मकाे मत परिणाम पछि याे तथ्यांक सार्बजनिक भएकाे हाे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…