2026-07-25 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तकियाले छोराछोरीको मुख छोपेर हत्या गरेपछि छतबाट हाम फालेकी थिइन् रविनाले

माघ २८, काठमाडौँ | ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका–४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी थिइन् ।

हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्‍याएका थिए । शनिबार अपराह्न करिब साढे ४ बजे उनले छतबाट हाम फालेकी थिइन् । पौने ५ बजे सो अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा शनिबारै राति पौने १० बजे अस्पतालले रविनाको मृत्यु भएको घोषणा गर्‍यो ।

उनलाई अस्पतालमा पुर्‍याएका प्रहरी कर्मचारीले अर्को खबर पाए– रविनाको ‘बेड रुम’भित्र दुई बालबालिका बेहोस अवस्थामा छन् ।

घटना शंकास्पद हुन सक्ने अनुमानपछि प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीको नेतृत्वमा समेत टोली रविनाको घरमा पुग्यो । बेहोस अवस्थामा फेला परेका रविनाका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिबा महर्जनलाई पनि प्रहरीले उपचारका निम्ति तत्काल किस्ट अस्पतालमा पुर्‍यायो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरे । प्रहरीले दुवै अश्वेत र रिबालाई बेलुका करिब ५ बजेर २५ मिनेटमा अस्पताल पुर्‍याएको थियो ।

छोराछोरीको हत्यापछि आत्महत्या

रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्न घरको छतबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । रविनाले हाम फाल्दा छिमेकीले समेत देखेका थिए ।

रविनाकी सासू समेत छतमै हुँदा उनले एक्कासि हाम फालेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान गर्न आइतबार एसपी कार्कीकै कमान्डमा समेत प्रहरी टोली रविनाको घरमा पुगेको छ ।

रविनाले छतबाट हाम फाल्दा उनका् श्रीमान् रवि महर्जन घरमा थिएनन् । उनले मंगलबजारस्थित एउटा पसलमा काम गर्दै आएका छन् । रवि शनिबार पनि बिहानै काममा गएको खुलेको प्रहरीले जनाएको छ ।

रविनाले आफू सुत्ने कोठामा रहेका छोराछोरीको मुख तकियाले छोपेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । त्यसपछि उनले छतबाट हाम फालेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्नुको कारणबारे अनुसन्धान जारी राखेको छ । अनुसन्धान खटिएका एक प्रहरी अधिकारीले भने, “छोराछोरीको हत्या रविनाले नै गरेको देखिन्छ । तकियाले मुख छोपेर हत्या गरेको जस्तो छ, देखिन्छ । थप पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिएला ।”

हत्या र आत्महत्याको कारण भने प्रहरीले खुलाउन सकेको छैन । रवि र रविनाबीच सामान्य विवाद भइरहने गरेको खुलेको छ । शनिबार बिहान समेत सामान्य विवाद भएर रवि घरबाट निस्किएको खुलेको छ ।

रविनाको स्वभाव ‘एग्रेसिभ’ हुँदा सामान्य विवादले ठूलो घटना निम्त्याएको आशंका छिमेकीको छ । रविका तीन दाजुभाइ घरका छुट्टाछुट्टै फ्ल्याटमा बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक