१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानले बाटो बिर्सिएपछि….

२८ माघ २०८०, आईतवार ०९:१३

माघ २५, काठमाडौँ | दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा अचम्मको घटना भएको छ । ल्यान्डिङपछि एउटा इन्डिगो विमानले बाटो बिराउन पुगेको हो । अमृतसरबाट दिल्ली आएको सो विमानले बाटो बिर्सिएपछि धावनमार्ग १५ मिनेटसम्म बन्द भयो । ल्यान्ड गरेपछि विमान ट्याक्सी वेमा जानुको सट्टा धावनमार्गको पुछारतिर गयो ।


सरकारी समाचार संस्था पीटीआईका अनुसार यो घटनाका कारण धावनमार्ग १५ मिनेटसम्म अवरुद्ध भयो । केही उडान पनि प्रभावित रहे । पछि इन्डिगोको टोइङ भ्यानले विमानलाई तानेर पार्किङ वेसम्म ल्यायो । यस घटनामा इन्डिगोले अहिलेसम्म केही पनि टिप्पणी गरेको छैन । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय  विमानस्थल भारतको सकैभन्दा ठुलो विमानस्थल हो । यहाँबाट दिनभरमा करिब १ हजार ४०० उडान हुन्छ ।

ट्याक्सी वेले धावनमार्गलाई एप्रन, ह्याङ्गर र टर्मिनसँग जोड्छ । यस अघि शुक्रवार पनि इन्डिगोको एउटा उडानमा समस्या आएको थियो । दिल्ली विानस्थलबाट मुम्बई गइरहेको विमानबाट अचानक दुर्गन्ध आउन थालेपछि विमानलाई फर्काएर विमानस्थलमै फिर्ता ल्याइएको थियो । यस घटनाबारे कम्पनीले विज्ञप्ति जारी गरेको भए पनि विमानबाट दुर्गन्ध किन आयो भन्ने जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार