माघ २९, काठमाडौँ | ३ दिने एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्।
भुर्तेल १३ बलमा १३ रन बनाउँदै आउट भए। भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे।
५ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ४५ रन बनाएर नेपाल खेलिरहेको छ। क्यानडाले जितका लागि नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।