२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमनदी पग्लिएर निस्कियो प्राचीन भाइरस, सङ्क्रमणबाट एकको मृत्यु

२९ माघ २०८०, सोमबार ०९:२५

माघ २९, अलास्का । सन् २०१५ मा अलस्कामा नयाँ भाइरस भेटियो । यो भाइरस फेयरबक्स नर्थ स्टार बोरो पर्माफ्रष्ट पग्लिएर निस्किएको थियो । सन् २०२४ को फेब्रुअरीसम्ममा यो भाइरसबाट ७ जना सङ्क्रमित भए । तर यसको सङ्क्रमणमा परेर पहिलो पटक मान्छेको मृत्यु भएको छ । ६ जना सङ्क्रमित फेयरबक्स नर्थ स्टार बोरोमा भेटिएका हुन् । सातौँ व्यक्ति केनाई प्रायद्वीप बोरोमा भेटिएका थिए ।

मृतक वृद्ध भएको बताइएको छ । मृतकमा सङ्क्रमणको पुष्टि जनवरीको अन्त्यमा भएको थियो । मृत्युको बेलामा अस्पतालमा उनको उपचार भइरहेको थियो । भाइरस डबल स्ट्रेन्डेड डीएनए भाइरस भएको बताइएको थियो । यो भाइरस स्मलपक्स, मंकीपक्स र काउ पक्स जस्तै भएकोले  यसलाई अलस्कापक्स नामकरण गरिएको छ ।


यो भाइरसको सङ्क्रमण साना स्तनधारी जीवनमा पनि पाइएको छ । यो भाइरसको सङ्क्रमणपछि छालामा रातो धब्बा देखिन्छ । बिबिरा आउँछ । सही समयमा उपचार गरिएन भने बिबिराले घाउको रूप लिन्छ । पिप निस्किन थाल्छ । जोर्नी, मांसपेशीमा पीडा हुन थाल्छ । लिम्फ नोड सुन्निन थाल्छ । सही समयमा उपचार मिल्यो भने पनि निको हुन ६ महिना जति लाग्छ ।

मान्छेमा यो भाइरस कसरी सर्‍यो भन्ने पक्का प्रमाण भेटिएको छैन । अलस्कापक्सबाट मृत्यु भएको व्यक्ति जङ्गलमा एक्लै बस्थे । उनी बाहिर पनि घुम्न गएका थिएनन् । उनले पालेको बिरालोबाट भाइरस सरेको आशङ्का गरिएको छ ।  उनको बिरालोले जंगलमा साना स्तनधारी जीवको शिकार गर्थ्यो । बिरालोमा भाइरसको सङ्क्रमण थिए । खुट्टाबाट फैलिएको हुन सक्ने बताइएको छ ।

मृतकमा सेप्टेम्बरतिर पहिलो पटक दायाँ हातमा रातो धब्बा देखियो । एन्टीबायोटिक्सको सेवन गरेको भए पनि ६ हप्तापछि लक्षण फेरि बढ्न थाल्यो । जनवरीसम्म कयौँ पटक जाँच पछि अलस्कापक्स भाइरसको सङ्क्रमण पुष्टि भयो । वृद्धको मृत्यु मिर्गौला र फोक्सो फेल भएर भएको थियो ।

तिब्बतमा पग्लिँदै गइरहेको हिमनदीमा १५ हजार वर्ष पुरानो भाइरस भेटिएको छ । यो भाइरस नेपाल, भारत, चीन र म्यानमार जस्ता देशका लागि खतरा हुन सक्ने विश्लेषण गरिएको छ । यो प्राचीन भाइरसको सङ्क्रमणको कुनै उपचार छैन । भाइरस समुद्री सतहबाट २२ हजार फिटको उचाइमा भेटिएको हो । वैज्ञानिकहरूले ३३ ओटा भाइरस खोजेका थिए । यसमध्ये २८ भाइरसबारे संसारलाई केही थाहा नभएको बताइएको छ ।

यी भाइरसलाई यस अघि कहिले पनि देखिएको थिएन । यसको सङ्क्रमणको कुनै उपचार नहुन पनि सक्छ । यी भाइरसहरू चरम स्थितिमा समेत बाचेकोले जस्तो सुकै  तापमान र मौसमलाई झेल्न सक्ने ओहायो स्टेट युनिभर्सिटीका एक वैज्ञानिकले बताएका छन् । यो भाइरस फैलिन कुनै समस्या नरहेको अनि उपचार पनि नभएको उनी बताउँछन् । विश्वव्यापी तापमान वृद्धिका संसारभर नै पर्माफ्रष्ट पग्लिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…