अजयकुमार साह,  कात्तिक ३, उदयपुर । जिल्ला विकास समिति उदयपुरका स्थानिय विकास अधिकारी गणेशप्रसाद दहालले स्थानिय स्तरको विकासका विविध पक्षलाई उजागर गर्न संचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह,  कात्तिक ३, उदयपुर । जिल्ला विकास समिति उदयपुरका स्थानिय विकास अधिकारी गणेशप्रसाद दहालले स्थानिय स्तरको विकासका विविध पक्षलाई उजागर गर्न संचार"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विकास र संचार एकअर्काको पर्यायवाची : एलडिओ दाहाल

२०७३, ३ कार्तिक बुधबार ०६:१५

अजयकुमार साह,  कात्तिक ३, उदयपुर । जिल्ला विकास समिति उदयपुरका स्थानिय विकास अधिकारी गणेशप्रसाद दहालले स्थानिय स्तरको विकासका विविध पक्षलाई उजागर गर्न संचार माध्यमले महत्वपूर्ण भुमिका खेलिरहेको र संचार क्षेत्रको प्रबद्र्धनका लागी विकासक्रम समेत आवश्यक भएकोले दुवै एकअर्काको पर्यायवाची भएको बताउनुभयो ।

      केही दिन अगाडी मात्र धनकुट्टाबाट सरुवा भई उदयपुर जिविस कार्यालयमा स्थानिय विकास अधिकारीको जिम्मेवारी सम्हाल्न जिल्ला आईपुग्नुभएका एलडिओ दहालले मंगलबार जिविस सभाहलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

      उदयपुरको विकास प्रशासनमा सक्दो सहयोग पु¥याउन आफू लागीपर्ने बताउँदै एलडिओ दहालले जिल्लामा विद्यमान रहेको विकास समस्याहरुलाई सम्बोधन गर्न सवै पक्षसँग सहकार्य र परामर्श गरेर अगाडी बढ्ने धारणा व्यक्त गर्नुभयो ।

      पत्रकारहरुले राम्रो कामको राम्रै सँग प्रचार प्रसार गर्न र नराम्रो भएको खण्डमा सुझाव सहित सुधार गर्ने वातावरण मिलाउन पहल गर्नुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । गत असोज १४ गतेको नेपाल सरकारको निर्णयअनुसार आफू जिल्लामा सरुवा भएर आईपुगेको बताउँदै एलडिओ दहालले पूर्नसंरचनाको तहगत रुपमा छलफल काम नसकिएको जिल्लामा मात्रै सरुवा सम्बन्धी समस्या रहेको तर उदयपुरको सन्दर्भमा कुनै समस्या नभएकोले आफू जिम्मेवारी सम्हाल्न जिल्ला आईपुगेको उहाँले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा पत्रकारिता क्षेत्रबाट अझ बढी सल्लाह र सुझावका साथै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

      कार्यक्रममा करिब दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । जिल्लाको समस्याहरुको जानकारी गराईदिनुस भन्ने एलडिओ दहालको आग्रहमा पत्रकारहरुले मुख्य समस्या र अवसरहरुको बारेमा जानकारी र जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले जिल्लामा पत्रकारिता क्षेत्रको प्रबद्र्धन र विकासका लागी नयाँ ढंगले कार्य गर्न र सहयोग समन्वय गर्न सुझाव दिनुभयो । त्यस्तै कार्यसमिति सदस्य अजयकुमार साहले जिविसलाई अझ बढी पारदर्शि र जवाफदेही बनाउन सेवाग्रही सम्म सूचना पु¥याउन र व्यवस्थापन गर्न सूचना डेस्कको स्थापन गर्न त्यस्तै जिल्लामा विस्तार भएको सडक संजालको विषयमा अपडेट भई त्यसको उचित विकासमा जिविसले ठोस निति लिएर अगाडी बढ्नुपर्ने र पत्रकारिता प्रबद्र्धनका लागी नयाँ ढंगले योजना बनाएर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वअध्यक्ष ईश्वर तामाङ्गले पुर्नसंरचनाको विषयलाई विवादित हुन नदिन सवै पक्षको समन्वयमा निर्णय पक्रियामा जान जानकारी गराउनुभयो । पत्रकार भरत खडकाले जिविसले बेला बेलामा पत्रकार सम्मेलनको माध्यमबाट भए गरेका कार्यहरुको विषयमा समिक्षा गर्न समेत सुझाव दिनुभयो । पत्रकार यमन दनुवारले असार मसान्तको समयमा साना साना विकास कार्यमा हुने गरेको भ्रष्टाचारहरुको नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै अर्का पत्रकार विश्वराज तामाङ्गले विस्तार भएको सडक पूर्वाधारहरुको मर्मतकार्यलाई उचित रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा जिविसका सूचना अधिकारी विश्वजीत राई, लेखा अधिकृत नारायणप्रसाद दुलाल, प्रशासन शाखाका श्याम सुन्दास, गिरिराज खडकाको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी