2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

साहारा ग्याँस उद्योगको ठगी, प्रति सिलिण्डर सय ग्राम तौल कम

LP-gas-cilinderमाघ २,
हेटौडा । साहारा ग्याँस उद्योग हेटौंडाले नाकाबन्दीको मौका छोपी ग्याँस भरिएका कम तौलका सिलिन्डर
बिक्रीका लागि बजारमा पठाउने गरेको खुलासा भएको छ । आज जिल्ला स्तरिय अनुगमन टोलीले गरेको अनुगमनका
क्रममा सिलिण्डरमा ७.१ किलो ग्याँस रहनुपर्नेमा ७ किलोमात्र ग्याँस भरेको फेला परेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडा संयोजक रहेको अनुगमन समितीले
उद्योगमा पुगेर परिक्षणका रुपमा आठ वटा सिलिन्डर तौलिएर हेर्दा चार वटा सिलिण्डरमात्र सही तौलको भएको
पाइएको हो । अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सचिव बासु खतिवडाका अनुसार नमुनाका
रुपमा ८ वटा ग्याँस भरिएका सिलिण्डरको तौल परिक्षण गर्दा ४ वटामात्रै सही तौल हुनुले उद्योगले
उपभोक्तालाई प्रति सिलिण्डर सय ग्राम तौल ठगिरहेको बताउनुभयो । यस्तै, उद्योगमा हालसम्म के कति परिमाणमा
ग्याँस प्राप्त भयो र कति विक्री वितरण गरियो भन्ने तथ्याङ्क समेत लुकाएको छ । ‘अनुगमनका क्रममा
उद्योगमा प्राप्त ग्याँसको परिमाण र विक्री वितरण गरिएको तथ्याङ्क माग्दा समेत उद्योगले नदिनुले
कालोबजारी भइरहेको प्रष्ट भएको छ ।’उहाले भन्नुभयो ।

उद्योग
अनुगमनका क्रममा ग्याँसको परिमाण तौलने नौ वटा तराजुमध्ये ६ वटा तराजुमा प्रमाणिकरण समेत नभएको भेटिएको
छ । अनुगमनपछि तयार पारिएको मुचुल्कामा उद्योगमा कार्यरत कर्मचारीले आफू उद्योगको आधिकारिक व्यक्ति
नभएको भन्दै हस्ताक्षर नगरी आफूहरुलाई असहयोग गरेको अनुगमन समितीका संयोजक घरेलु तथा साना उद्योग
कार्यालय हेटौंडाका नन्देश्वर डङ्गोलले बताउनुभयो । निरिक्षण पछि तयार पारिएको मुचुल्का बुझ्न तथा
हस्ताक्षर गर्न उद्योगमा कार्यरत कर्मचारीले नमानेपछि सो मुचुल्का ग्याँस उद्योगको गेटमा आफूहरुले
टाँसिदिएको अनुगमन समितीले जनाएको छ । हेटौंडामा अचानक भेटिएका नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय
विरगञ्जका सहायक रामदेवप्रसादको समेते निरिक्षणमा सहभागिता रहेको थियो । अनुगमनमा सहभागी हुदै उहाले पनि
उद्योगमा रहेका सिलिण्डर मध्ये आधाजसोमा सयग्राम तौल कम भएको पाइएकोमा प्रतिकृया दिनुभयो । अनुगमनमा
जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायव सुब्बा मदनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका
प्रहरी निरिक्षक डम्बर पुरी, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीको समेत उपस्थिती
थियो ।

यसैबिच, उद्योगमा भित्रिएको परिमाणको ग्याँस सर्वसाधारण
उपभोक्तालाई नपठाई सहारा ग्याँस कालोबजारीमा सक्रिय बनेको पाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च
मकवानपुरले कारवाही माग गरेको छ । मञ्च अध्यक्ष अजय अधिकारीले उद्योगमा भित्रिएको ग्याँस बिक्री
वितरणबारे हालसम्म कुनै तथ्याङ्क नहुनु, कम तौल हुनु लगायतका कमजोरी उद्योगले गरेकाले प्रशासनले कडा
कारवाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल