३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युएईमा बिशाल हिन्दु मन्दिर निमार्ण, आज मोदीले उदघाटन गर्ने

२ फाल्गुन २०८०, बुधबार ०३:५४

फागुन २, दुबइ | संयुक्त अरब इमिरेटसमा बनेका हिंदू मंदिरको १४ फरवरीमा भारतको पीएम नरेंद्र मोदी उद्घाटन गर्ने भएका छन । 

सो मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक टविटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ। जहाँ यस भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ ।

मन्दिर निर्माण गर्ने बापिएस स्वामि नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ । कोभिडको समयमा मन्दिर प्रशासनले यूएई र भारतबाट अरब इमिरेट्समा धेरै मानिसहरूलाई मद्दत गरेको थियो ।  मन्दिरको निर्माण सम्पन्न हुनुअघि नै चाडपर्वमा हजारौं मानिस मन्दिर परिसरमा भेला हुन थालिसकेका छन ।

अरब इमिरेट्समा करिब ७०० करोडको लागतमा गुलाबी बालुवा र सेतो संगमरमरले हिन्दू मन्दिर निर्माण गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको उद्घाटन १४ फेब्रुअरीमा गर्ने छन् । उदघाटन अघि मन्दिरमा विभिन्न अनुष्ठान गरिने छ ।

यो मन्दिर सुरुमा अरब इमिरेट्सको अबु मुरिखा क्षेत्रमा ५.४ हेक्टर जमिनमा बनाइएको थियो । मन्दिर परिसरलाई पछि सामुदायिक हल र पार्किङ क्षेत्रहरू समावेश गर्न १० हेक्टरमा विस्तार गरिएको थियो। मन्दिरमा स्थापित सबै मूर्तिहरू हातले बनाएर कोरिएका छन्।

एक समाचार अनुसार मन्दिर निर्माण गर्ने बिएपिएस स्वामि नारायण संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख स्वामी ब्रह्मविहारीदासले भने, ‘सद्भाव र सहिष्णुता युएईको आत्मा हो।’ उनका अनुसार सो मन्दिरले दुई देशबीच शान्ति प्रवर्द्धन गर्ने बताए । यो यूएई र भारत बीचको घनिष्ठ सम्बन्धको प्रतीक पनि हुने उनको भनाइ छ ।

यस मन्दिरको शिलान्यास सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए, अब उनले नै यस मन्दिरको उद्घाटन पनि गर्नेछन् । सो हिन्दू मन्दिरको उचाइ १०८ फिट रहेको बताइएको छ । मन्दिरमा ४० हजार घनमिटर संगमरमर र १ लाख ८० हजार घनमिटर बालुवा ढुङ्गा प्रयोग गरिएको छ । मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट