2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा पहिलो बुद्धिष्ट कलेज सञ्चालन

कात्तिक ३, दोलखा । दोलखा जिल्लामा नै पहिलोपटक स्नातक तहको बुद्धिष्ट कलेज सञ्चालन भएको छ । 

बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीले बौद्ध दर्शनलगायत मानविकी विषयको अध्यापन गराउने उद्देश्यका साथ जिरीमा बुद्धिष्ट कलेज सञ्चालन गरेको हो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा अध्ययन गर्नका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । 

तीन वर्षे स्नातक तहको पाठ्यक्रममा अनिवार्य नेपाली, अङ्ग्रेजीसहित पाँच विषय अनिवार्य बौद्ध अध्ययनअन्तर्गतका विषय र ५०० पूर्णङ्कको मानविकी विषय पढाइ हुने बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीले बताएको छ । 

केन्द्रका अनुसार आवश्यकता र मागअनुसार भविष्यमा थप विषयसमेतको अनुमति लिई स्नातकोत्तरसम्मको कक्षा सञ्चालन गर्ने जनाइएको छ । 

बौद्ध दर्शन, बौद्ध धर्म, कला, संस्कृति, साहित्य आदिको खोज, अनुसन्धान, प्रवद्र्धन एवम् प्रकाशन गर्ने, बौद्ध दर्शनमा आधारित ऐतिहासिक, धार्मिक सांस्कृतिक पर्यटनको विकास गर्नेजस्ता लक्ष्य लिएको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, जिरीका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई