५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्वार्टरफाइनलमा कुवेतलाई हराउन नेपालले ७४ रन बनाउनुपर्ने

२ फाल्गुन २०८०, बुधबार ०७:३४

फागुन २, काठमाडौँ | मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले जितका लागि ७४ रन बनाउनुपर्ने भएको छ । टस जिती पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको हो ।

कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएपछि कुवेता धरासायी बन्न पुगेको थियो । सीताले १२.२ ओभरमा प्रियादा मुरालीको विकेट लिइन् । कुवेतकी ओपनर प्रियादा मुरालीलाई सीताले २९ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेकी थिइन् । त्यतिबेला कुवेतले ५४ रन बनाएका थियो ।


त्यसपछि सीताल १२.३ ओभरमा कुवेतकी ब्याटर मारयम ओमरलाई पेभेलियन फर्काइन् । सीताले मारयम ओमरलाई खाता खोल्नुअघि नै काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । त्यसलगत्तै सीताले १२.४ ओभरमा कुवेतकी कप्तान अमना सरिफ तारिकको विकेट लिइन् । सीताले अमना सरिफ तारिकलाई पनि खाता खोल्नुअघि नै एलबीडब्लूको धरापमा पारेकी थिइन् ।

सीताले चार ओभरमा केवल ११ रन खर्चिएकी थिइन् । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा ३१ वर्षीया सीताले लिएको विकेट सँख्या ४८ पुगेको छ । उनले यही प्रतियोगितामा विकेट संख्या ५० पु¥याउने बलियो सम्भावना छ । नेपालका लागि कुविता कुँवर र रुविना क्षेत्रीले पनि दुई–दुई विकेट लिए । कविताले चार ओभरमा नौ र रुविनाले चार ओभरमा १० रन खर्चिए ।

कुवेतका दुई ब्याटर भने रन आउट भएका थिए । कुवेतका लागि ओपनर प्रियादा मुरालीले सर्वाधिक २९ रन बनाइन् । उनले ३३ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । सान्थी बालासुब्रमन्यम र खादिजा खलिलले १३–१३ रन जोडे । कुवेतका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतले अतिरिक्त रुपमा चार रन पाएको थियो ।  

नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ