2026-09-24 10:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘वैदेशिक रोजगारको मुख्य समस्या अदक्ष कामदार हो’ – श्रममन्त्री भण्डारी

अनिल अधिकारी । फागुन ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप सहितको नेपाली कामदार वैदेशिक रोजगारमा पठाउन श्रम मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् । यूएईको अबुधाबी डायलग कार्यक्रममा सहभागी भएपछि दुबईमै बुधबार साँझ संचारकर्मीहरुसँगको भेटघाटमा श्रममन्त्री भण्डारीले समय अनुसार सीप र दक्षता सहितको नेपाली श्रमिकहरु अपग्रेड गर्नुपर्ने बताए । 

मन्त्री भण्डारीले आफू दुबईमा रहँदा दर्जनौं श्रमिकहरुलाई भेटेको जानकारी दिँदै विदेश आएर सम्बन्धित काममा दक्ष भएका धेरै नेपालीले यहाँको श्रम क्षेत्रमा राम्रो गरिरहेको र राम्रो पारिश्रमिक समेत आर्जन गरिरहेको बताए । उनले भने ‘यहाँ कतिपय ठूला होटलमा नेपाली श्रमिकहरु कार्यरत रहेछन् । उहाँहरुसँग मैले उहाँहरुको अवस्थाबारे सोध्दा सबै राम्रो रहेको पाएँ । यसको मतलब दक्ष कामदार भएर काम गर्दा राम्रोनै रहेछ भन्ने हो । अहिले हाम्रो समस्यानै अदक्ष कामदार हो । सीपनै नसिकी सम्बन्धित कामको कुनै जानकारी दक्षता नहुँदा यहाँ आएकाहरुलाई समग्रमा समस्या रहेछ । मन्त्रालयले अब सीप र दक्षता सहितको श्रमिक बैदेशिक रोजगारमा पठाउन पहल लिईरहेको छ ।’ 

आबुधावी डाइलग र साइडलाइन बैठकमा समेत आफूले यो पटक युवा लक्षित शिक्षा तथा कार्यक्रमद्वारा सीपमुलक रोजगारको लागि सहयोग मागेको र नेपाली कामदारको पेशागत सुरक्षामा जोड दिएको मन्त्री भण्डारीले बताए । मन्त्री भण्डारीले साउदी अरेबियासँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव गरिएको जानकारी दिए । नेपाल र साउदीबीच श्रम सम्झौताको लागि विगत ८ वर्षदेखि श्रम समझदारी गर्ने प्रयास भइरहेको छ । नेपालले राखेको प्रस्तावमा ‘स्वच्छ भर्ना प्रणाली’, सामाजिक सुरक्षा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयहरु छन् । त्यस्तै सीपमूलक जनशक्ति उत्पादनका सम्बन्धमा समेत दुवै पक्षले पहल लिने छलफल भएको छ ।

भेटमा मन्त्री भण्डारीले दक्ष कामदार उत्पादनमा पहल थाल्दा आफूले मिडियाहरु मार्फत अनावश्यक आरोपहरु खेप्नुपरेको भन्दै संचारकर्मीहरुसँग असुन्तुष्टि व्यक्त गरे । उनले दक्ष र सक्षम भएर विदेश आए अपमानित हुनु पर्दैन भन्ने कुराको चेतना छरेर सिप सिक्न र दक्ष बन्न मिडियाहरुले उत्प्रेरित गर्नु पर्ने समेत सुझाव दिए । छलफलको क्रममा श्रममन्त्रीको असन्तुष्टिलाई संचारकर्मीहरुले वैदेशिक रोजगारको क्षेत्रमा बेथिति बढेको कुरालाई श्रम मन्त्रालयले नतिजा देखाउने गरि व्यवस्थापन गर्न नसकेको कारण संचार माध्यमहरुकमा सम्बन्धित निकाय प्रति अविश्वास सिर्जना भएको ध्यानाकर्षण गराए । संचारकर्मीहरुले श्रमिकको हित बिपरित भएको बिबिध समस्याका बिषयमा मन्त्रालयले सुधार देखिने गरि काम गर्न, गलत गर्नेहरुलाई उचित कारवाही गर्न, नियमित अनुगमन गर्न र बिचौलियाहरुको स्वार्थमा प्रभावित नहुने हो भने मात्र संचारकर्मीले मन्त्रालयलाई सकारात्मक रुपमा हेर्न सक्ने बताए । त्यस्तै श्रमिकको समस्यालाई बढी ध्यान दिएर व्यवसायी पनि नमर्ने गरि सबै पक्षको कुरालाई ध्यानमा राखेर श्रम मन्त्रालयले मध्यमार्गी बाटोबाट समस्या समाधान गर्न सक्ने संचारकर्मीहरुको सुझाव छ । 

छलफलका क्रममा मन्त्री भण्डारीले आगामी दिनमा मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने संचारकर्मीहरुसँग छलफल गर्दै श्रम क्षेत्रको समस्या समाधानमा मन्त्रालयले काम गर्ने बताए । श्रम मन्त्रालयलाई केहि दलालहरुले आफ्नो चंगुलमा पार्न खोजेको विषयलाई स्वीकार्दै मन्त्री भण्डारीले आफू त्यसमा सचेत भएरै केहि श्रमिकमैत्री काम गर्न तत्पर भएको बताए । मन्त्री भण्डारीले दक्ष र श्रम क्षेत्रको बेथितिसँग लड्न सक्ने सुसुचित कामदारको उत्पादन गर्न सक्ने हो भने दलाली गर्नेहरु आफै पाखा लाग्दै जाने बताए । श्रम बजारमा आएर सिधै आफ्नो दक्षता र कामको क्षमता देखाउन सक्ने जनशक्तिको उत्पादन गर्न सक्ने हो भने श्रमिकको समस्या आफै समाधान हुन सक्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी