2026-08-23 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने

फागुन ४, काठमाडौँ | आगामी जुनमा हुने टी–२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी- २० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।

जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन जितेको बताउदै रोहित शर्माको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप खेल्ने बताएका हुन् ।

मुम्बई इण्डियन्सले आईपीएलबाट कप्तानी हटाए पछि रोहितले विश्वकप खेल्नेमा शंका उत्पन्न भएको बेला उनले विश्वकपमा राष्ट्रिय टिमको कप्तानी गर्ने निश्चित भएको हो ।

मुम्बई इन्डियन्सले आईपीएलमा रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्ड्यालाई दिएको थियो । त्यसबेलादेखि रोहितको टी-२० खेल्ने र भारतीय टोलीको कप्तानीमा शंका उत्पन्न भएको थियो । हार्दिक टी-२० विश्वकप २०२२ देखि राष्ट्रिय टी-२० टिमको कप्तानी गर्दै आएका थिए ।

जनवरीमा अफगानिस्तानविरुद्धको घरेलु टी-२० सिरिजका लागि रोहितलाई पुन: टी-२० कप्तान बनाइएको थियो ।

चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन् । गत वर्ष विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनी घाइते भएका थिए । उनी आईपीएल अघि फिट हुने अपेक्षा गरिएको छ, जहाँ उनले रोहितको स्थानमा मुम्बई इन्डियन्सको कप्तानको रूपमा नेतृत्व गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो