२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पुटिनले भने- ‘अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडेन उत्कृष्ट’

२०८०, ४ फाल्गुन शुक्रबार ०३:४०

फागुन ४, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डाेनाल्ड ट्रम्पभन्दा जाे बाइडेनलाई उत्कृष्ट ठान्ने बताएका छन् । 

वास्तवमा रुसी पत्रकार पावेल जरुबिन पुटिनको अन्तर्वार्ता लिइरहेका थिए । यस क्रममा उनले रुसी राष्ट्रपतिलाई सोधे कि रुसका लागि डेमोक्रेट बाइडेन वा रिपब्लिकन ट्रम्प कसलाई राम्रो मान्छन् ? जसकाे अहिले अमेरिकामा निकै चर्चा परिचर्चा भइरहेकाे छ । 

यसको जवाफमा पुटिनले हिचकिचाउँदै जवाफ दिए– ‘बाइडेन, ‘उहाँ धेरै अनुभवी हुनुहुन्छ, उहाँको बारेमा अनुमान गर्न सजिलो छ। बाइडेन पुरानो विचारको राजनीति गर्ने मध्ये एक हुन् । तर, हामी कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न तयार छौं ।’

पुटिनले अमेरिकी राष्ट्रपतिको चुनाव २०२४ को सन्दर्भमा सार्वजनिक मञ्चमा कुनै वक्तव्य दिएको यो पहिलो पटक हो। यसअघि बाइडेनको मानसिक स्वास्थ्यबारे पुटिनले भनेका थिए– ‘मैले उनलाई ३ वर्षअघि स्विट्जरल्याण्डमा भेटेको थिएँ । त्यतिबेला पनि मानिसहरूले बाइडेनले आफ्नो काम गर्न नसक्ने भनिरहेका थिए। तर, उहाँलाई भेटेपछि मलाई त्यस्तो केही लागेन ।’

गत वर्ष जुनमा हेलिकप्टरमा चढ्ने क्रममा बाइडेनको टाउको त्यससँग ठोक्किएको थियो । यसमा पुटिनले मजाकको स्वरमा भने, ‘हामी सबैको कुनै न कुनै बेला टाउको ठोक्किएको छ। यदि हामी ट्रम्पको बारेमा कुरा गर्छौं भने, उहाँ एक राजनीतिज्ञ हुनुहुन्छ, जो प्रणालीबाट टाढा जान्छन्। धेरै मामिलामा उनको फरक दृष्टिकोण छ। अमेरिकाले आफ्ना सहयोगीहरूसँग कसरी सम्बन्ध निर्माण गर्ने भन्ने बारेमा पनि उनीहरू फरक सोच्छन्।’

यसै वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यसैबीच, चुनावी अभियानका क्रममा ट्रम्पले भने पुटिन प्रति लगातार नरम दृष्टिकोण अपनाएका छन् । हालै एक अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, धेरै नाटो देशहरूले आफ्नो रक्षा क्षेत्रमा धेरै पैसा खर्च गरिरहेका छैनन्। यदि यो जारी रह्यो भने म रसियालाई यी देशहरूमा आक्रमण गर्न उक्साउने छु। ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा पनि पुटिनको आलोचना गर्नबाट जोगिने देखिन्छ। यस्तो अवस्थामा ट्रम्प राष्ट्रपति बनेमा रुसप्रति कठोर रवैया अपनाउँदैनन् भन्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता