2026-09-07 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय कांग्रेस पार्टीका सबै बैंक खाता रोक्का

फागुन ४, नयाँ दिल्ली | भारतीय कांग्रेसको सबै बैंक खाता रोक्का भएको छ । आयकर विभागले दलको चारैओटा बैंक खाता रोकिदिएको हो । शुक्रबार पार्टीका कोषाध्यक्ष कांग्रेस नेता अजय मकानले यसबारे जानकारी दिएका छन् ।

विभागले युवा कांग्रेसको बैंक खाता पनि फ्रिज गरिदिएको छ । मकानका अनुसार अहिले दलसँग  खर्च गर्न, बिजुलीको बिल तिर्न र आफ्ना कर्मचारीलाई तलब खुवाउन समेत पैसा छैन । सबै गतिविधि प्रभावित भइरहेको उनको भनाई छ ।

विभागको सो कदमले पार्टीको न्याय यात्रा मात्रै नभएर सबै राजनीतिक क्रियाकलाप प्रभावित भइरहेको उनले बताए । विभागले २१० करोड भारु रिकभरीको आदेश दिएको छ । यस मामिलामा कांग्रेस नेता राहुल गान्धीले पनि प्रतिक्रिया दिएका छन् ।

राहुल गान्धीले ट्वीट गर्दै भनेका छन्, ‘मोदीजी नडराउनुहोस्, कांग्रेस पैसाको शक्तिको नाम होइन, जनताको शक्ति हो । तानाशाहको अगाडि न कहिले झुकेका थियौं, झुक्ने छैनौँ । प्रत्येक कांग्रेस कार्यकर्ता भारतको लोकतन्त्रको रक्षा गर्न दिलोज्यान नदिएर लड्नेछन् ।’ 

यस विषयमा कांग्रेस सभापति मल्लिकार्जुन खडनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाजपाले सङ्कलन गरेको असंवैधानिक पैसा चुनावमा प्रयोग हुनेछ, तर हामीले क्राउड फन्डिङबाट जम्मा गरेका पैसालाई सील गरिने छ ।’ यसअघि कांग्रेस नेता अजय माकनले पत्रकार सम्मेलनमा कांग्रेस पार्टी र युवा कांग्रेसको बैंक खाता रोक्का गरिएको दाबी गरेका थिए । कांग्रेसले आफ्नो खाता बन्द गर्नुलाई लोकतन्त्रमाथि तालाबन्दी पनि भनेको छ ।

अजय माकनले पत्रकार सम्मेलनमा भने, ‘लोकतन्त्रमाथि हमला भएको छ । लोकसभा चुनाव अघि नै हाम्रो पार्टीको बैंक खाता रोक्का गरिएको छ । माकनले कांग्रेसका सबै खातामा ताला लगाइएको बताए । यसबारे उनले भने, ‘पार्टीले जारी गरेको चेकलाई बैंकहरूले क्लियर नगरेको जानकारी अघिल्लो दिन पाएका थियौं, थप अनुसन्धान गर्दा देशको प्रमुख प्रतिपक्षी दलका सबै खाता रोक्का गरिएको खुलेको हो ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ