२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका माझी दम्पतिको टहरामा वास

२०७३, ३ कार्तिक बुधबार ०८:२१

असोज ३, बागलुङ । कालीगण्डकी किनारस्थित उजाड बगर छेउमा रहेको सानो टहरा, निहुरिएर भित्र छिडनुपर्ने वाध्यता, सानो गुन्द्रीले ओगट्ने जति थलोमा भान्सा, सर–सामान र दुःखजिलो गरी सुत्ने ओछ्याउन । 

६२ वर्षीय भीमबहादुर माझी र ४५ वर्षीया चन्द्रकुमारी माझी विगत डेढ वर्षदेखि सोही टहरामा दैनिकी गुजारिरहेका छन् । 

घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्रस्थित मालढुङ्गामा बस्ने माझी दम्पति आफ्नै थलोमा पनि ‘शरणार्थी’ झैं जिवन विताइरहेका छन् । चाडवाडको याममा पनि उनीहरुको मुहारमा कुनै उमङ्ग छैन । ‘बिहान, बेलुका छाक टार्ने चिन्ता छ’ भीमबहादुरले भन्नुभयो’। 

मालढुङ्गा–बेनी सडक खण्डको माथिबाट खसेको पहिरोले माझीको घरवास पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले भनिन् – आफ्नो यो हालत हुँदा पनि कसैले हेरेको छैन् । उहाँका दुई छोरा र दुई छोरी छन् । दुबै छोरा अलग्गै घरमा बस्दै आएका छन् भने दुबै छोरीको विवाह भइसकेका छन् । बूढेसकालमा परिवारबाट एक्लिएका माझी दम्पतिको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा हो । 

‘बालुवा, गिटीको काम गरेर छाक टार्दै आएका छौं, हामीलाई कसैले सहयोग गरेको छैन’ चन्द्रकुमारीले भनिन् – ‘हामी पुरानै बासमा फर्कन चाहान्छौँं, तर घर केले बनाउने, हाम्रो उपाय छैन ।’ 

त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्ताँैंदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो व्यक्त गरेका छन् । 

छिटपुट राहात पाए पनि पहिरोबाट विस्थापितको पुर्नवास र व्यवस्थापनमा कसैले ध्यान नदिएको गुणासो भीमबहादुरका छोरा यामबहादुर माझीको छ । यामबहादुर र उहाँका भाइ अइन्द्रबहादुरले भने चालक पेसा गरेर जीविका चलाउँदै आएका छन् । 

‘गर्ने उमेरसम्म छुट्टै बस्ने इच्छा भएपछि बुबाआमा अलग्गै हुनुहुन्छ’ यामबहादुर भन्छन्– ‘परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आइपुग्यो ।’ घरमा भएको अलिअलि सम्पत्ति पनि पहिरोले पुरेपछि माझी दम्पतिको अवस्था झन् कहालीलाग्दो बनेको छ । 

बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन लगायतका क्षेत्रमा राज्यको सहयोगको अपेक्षा गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी