2026-10-24 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन

फागुन ५, लन्डन | इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकीट मिसाएका छन । 

ससुराकाे शुक्रकिटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा भएकाे छ । हंगामा समुहले छाेराकाे डिएनए परिक्षण गर्नु पर्ने भन्दै परिवारलाइ दबाब बढाएका छन । 

कानुनी कारणहरूका लागि व्यक्तिको नाम दिइएको छैन तर अदालतका कागजातहरूमा पीक्यूको रूपमा मात्र पहिचान गरिएको छ ।

गार्जियनका अनुसार  पीक्यू र उनकी श्रीमती जेकेलाई गर्भावस्थासँग सम्बन्धित समस्या थियो। त्यसैले उनी आफ्नो बुबा (ससुरा) को शुक्रकीटमा मिसाउन राजी भए, त्यसपछि महिलामा सुई लगाइयो। न्यायाधीशलाई यस बारे जानकारी दिइएको थियाे र यसलाई सधैं गोप्य राख्ने उद्देश्य राखिएको थियो। 

जसका कारण गर्भावस्था पछि महिलाले छोरालाई जन्म दिइन्, जो अहिले पाँच वर्षको छ। अदालतका कागजातको रुपमा त्यो छोराका नाम डी हो।

तर, स्थानीय परिषद्लाई गर्भावस्थाको अवस्थाको बारेमा जानकारी गराए लगत्तै सो बच्चाको आमाबाबुलाई पत्ता लगाउन कानुनी प्रक्रिया सुरु भएको छ, जुन निकै समस्या पर्न गएको छ ।

स्थानीय काउन्सिलले उच्च अदालत पुगेर डिएनए परीक्षण गर्न निर्देशन दिन माग गरेको छ कि डीका पिता को हुन् ? भनेर पत्ता लगाउनु पर्ने भएको छ, जसले गर्दा बेलायतमा नयाँ बहस सुरू भएको छ ।

तर, काउन्सिललाई यस विषयमा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै न्यायाधीशले बिहीबार निवेदन खारेज गरेका छन् ।

डी ले आफ्नो जैविक पिता को हो ? भनेर जान्न चाहन सक्छ, याे पछिकाे कुरा हाे तर स्थानिय काउन्सिललाई जबर्जस्ती गरे पछि अदालतले त्यसो गर्ने अधिकार भने स्थानियलाइ दिइएको छैन। ‘बच्चाको जन्मको सही अभिलेख जान्न सार्वजनिक चासो कायम राख्ने इच्छा यस्तो निवेदनमा व्यक्तिगत चासो भन्दा बढी हुन्छ, तर याे बाध्यकारी छैन,’ न्यायाधीशले भने। 

उनले आफ्नो आदेशमा भनेका छन कि बाबुको पहिचानको निर्णय परिवारको हातमा छ, बच्चाको वास्तविक बाबु को हो भन्ने कुरा बताउन डीएनए परीक्षण गराउने कि  नगराउने ? उनीहरूकाे पारिवारिक मामिला हाे  तर, स्थानिय अधिकारीले खाेजे झै यो बाध्यात्मक भने छैन ।’

तर, ससुराकाे शुक्रकिटबाट सन्तान जन्माएकाे बिषयमा बेलायतमा नयाँ चासाे र बहस भने सुरू भएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने