2026-07-24 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाँदरले बालीनाली नष्ट गरे राहतको व्यवस्था मिलाइएको छ : प्रधानमन्त्री प्रचण्ड

फागुन ६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाडमा बाँदर र बँदेलले बालीनाली नष्ट गर्ने र तराईमा नीलगाईले नष्ट गरेमा सरकारले त्यसबापत राहत दिने व्यवस्था मिलाएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय निकुञ्ज र बफरजोन क्षेत्रका बासिन्दाको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको जानकारी गराए । 

प्रचण्डले भने– ‘कार्यविधि अनुसार प्रदेश सरकार र स्थानीय सरकार समेतको सहभागितामा राहत वितरणको व्यवस्था गरिएको छ । तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा नीलगाईले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ । आउँदा दिनमा वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबिच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिँदै छ ।’

प्रधानमन्त्री प्रचण्डले मुक्त कमलरी र सुकुम्वासी समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगमार्फत काम गरिरहेको बताउँदै हालसम्म १० लाख बढी निवेदन आएको बताए । यस्तै ४ हजार बढी भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा पाइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक