2026-10-24 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मूर्ति विसर्जनका क्रममा हिंसा भड्किएपछि २ दिनसम्म इन्टरनेटमा प्रतिबन्ध

फागुन ६, भारत | भारतको बिहार राज्यको दरभंगा जिल्लामा २ दिनसम्म इन्टरनेटमा रोक लगाइएको छ । सरस्वती पूजापछि मूर्ति विसर्जनका क्रममा भएको हिंसालाई दृष्टिगत गरेर प्रशासनले पूरै जिल्लामा इन्टरनेटमा प्रतिबन्ध लगाएको हो । इन्टरनेटमाथिको प्रतिबन्ध फेब्रुअरी १७ को दिउँसो २ बजेदेखि लागू भई १९ फेब्रुअरी दिउँसो २ बजेसम्म लागू रहनेछ ।

‘दरभंगाका एसपी र डीएमको प्रतिवेदनअनुसार जिल्लामा केही असामाजिक तत्त्वहरूले आपत्तिजनक सामग्री फैलाएर अफवाह फैलाइरहेका छन् । यस्तो अवस्थामा फेसबुक, ट्वीटर, ह्वाट्सएप, टेलिग्राम, गुगल प्लस, वीच्याट, युट्युब जस्ता इन्टरनेट मिडियामा तत्काल सन्देश पठाउने सुविधालाई फागुन १९ गतेसम्म बन्द गरिएको छ ।’ गृह विभागका वरिष्ठ मुख्य सचिव एस सिद्धार्थले आफ्नो आदेशमा भनेका छन् ।

 मूर्ति विसर्जनका क्रममा हिंसा भड्किएको थियो । विसर्जनका क्रममा ढुङ्गा हानेपछि त्यहाँ अराजकताको अवस्था सिर्जना भएको थियो । घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आक्रमणकारीहरूलाई नियन्त्रण गर्ने प्रयास गरेका थिए । तर सङ्ख्या धेरै भएकाले प्रहरी पछि हट्नुपर्‍यो । सो क्रममा प्रहरी नायब निरीक्षक ध्रुव चौधरीसहित कैयौं प्रहरी घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने