२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडासँग चार विकेटले पराजित भयो नेपाल ‘ए’ टीम

२०८०, ६ फाल्गुन आईतवार ११:०४

फागुन ६, काठमाडौँ | नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ‌ओभरमा २१६ रन बनाएको थियो। सुरुवाती खराब सुरुवात गरे पनि क्यानडाले पछि लय समात्दै ठूलो साझेदारी गरेर खेल आफ्नो पक्षमा पार्‍यो। 


सुरुवाती १४ ओभरमै ५६ रन बनाउँदा क्यानडाले चार विकेट गुमाइसकेको थियो। तर क्यानडाका लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाएपछि नेपालको हातबाट खेल गुमेको हो। 

यसअघि नेपालको ब्याटिङमा बसिर अहमदले ५० रनको योगदान दिएका थिए। उनले ५५ रनको सामना गर्दै अर्धसतक पूरा गरेका थिए। त्यस्तै रासिद खानले ४०, मयान यादवले ३५ रन बनाए।

यसैगरी किरण ठगुन्नाले २५ रन बनाउँदा विवेक यादवले २१ र सन्दीप जोराले १४ रनको योगदान दिए। क्याप्टेन विनोद भण्डारी भने ११ बल खेलेर ५ रन बनाउँदै आउट भए।

नेपाल ए टिममा प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु समेटिएका छन्। नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति