2026-07-24 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जीबी राई मलेसियामा रहेको ‘लोकेट’, रेड नोटिस जारी गरेर नेपाल ल्याउने तयारी

फागुन ८, काठमाडौं | प्रहरीको अन्तराष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको ‘लोकेट’ भएको छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरण पछि फरार रहेका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई भागेर मलेसिया पुगेको प्रहरी निष्कर्ष छ ।

इन्टरपोल मलेसियाले जीबी राई मलेसियामै रहेको सूचना एनसीबी काठमाडौंलाई दिएको हो ।  यद्यपी पक्राउ गरेर नेपाल ल्याउन भने डिफ्र्युजन नोटिस प्रभावकारी नहुने भएकाले डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी प्रहरीले गरेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार जीबी राईले मलेसियामै अपार्टमेन्ट खरिद गरेर बसेको सूचना प्राप्त भएको छ ।

“जीबी मलेसियामा रहेको लोकेट भइसकेको छ । हामीले मलेसियामा रहेका नेपालीसहित त्यहाँका प्रहरीसँगसमेत समन्वय गरिसकेका छौँ । उनले अपार्टमेन्ट नै किनेर बसेको खुलेको छ । अब डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट हुनासाथ पक्राउ गरेर नेपाल ल्याउँछौं,” उच्च प्रहरी स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक