2026-07-25 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक (भिडिओ)

फागुन ८, काठमाडौं | नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ।

सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सले निर्माण गरेको फिल्म पुलवामा आक्रमण र त्यसपछि भएको बालाकोट एयर स्ट्राइकमा आधारित छ।

शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्ममा वरूण तेज र मानुषी छिल्लरको मुख्य भूमिका छ। फिल्मको कथा शक्तिप्रताप सिंह हाडा, आमिर खान र सिद्धार्थ राज कुमारले लेखेका हुन्। 

हरि के भेदान्तमले छायांकन गरेको फिल्मलाई नविन नूलीले सम्पादन गरेका छन्। फिल्मका लाइन प्रोड्युसर फुर्वा शेर्पा हुन्। उनका अनुसार यो फिल्म लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोकको जुगल हिमाल र परिधिमा छायांकन गरिएको थियो ।

अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट नेपालको सबै दृश्य खिचिएको हो।

तेलुगु, तलिम, मलयालम, कन्नड र हिन्दी भाषामा यो फिल्म मार्च १ अर्थात फागुन १८ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक