2026-08-23 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएसजी छाडेर रियल म्याड्रिडमा आबद्ध हुँदै एमबाप्पे

फागुन ८, काठमाडौं | लामो समयको अन्यौललाई चिर्दै फ्रान्सका प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर रियल म्याड्रिड जाने पक्का भएको हो ।

एमबाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ । उनी कति रकममा रियल म्याड्रिडमा आबद्ध भएका हुन् भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । रियल म्याड्रिड, पीएसजी र एमबाप्पेले भने हालसम्म यस विषयमा केही बताएका छैनन् ।

एमबाप्पेले यसअघि नै पीएसजीलाई आफूले क्लब छाडन चाहेको बताइसकेका थिए । एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका थिए । उनले पीएसजीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।

एमबाप्पेले पीएसजीका लागि दुई सय ९० खेल खेल्दै कुल दुई सय ४३ गोल गरेका छन् । पीएसजीसँग एमबाप्पेको सम्झौता जुन ३० तारिखमा सकिँदैछ । रियल म्याड्रिडका अतिरिक्त इङ्लिस क्लब लिभरपुल र आर्सनलले पनि एमबाप्पेलाई भित्राउन चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो