2026-06-28 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल ‘ए’ टीमको पहिलो जित, क्यानडा २ विकेटले पराजित

फागुन ८, काठमाडौं | क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए ।


१४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २-२, बसिर अहमद र सागर ढकालले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी