2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडा १६ नम्बर वडामा नयाँ शक्ति गठन

जीवराज बख्रेल । माघ ४, हेटौडा ।
हेटौंडा उपमहानगरपालिका–१६ नयाँ बस्तीमा नयाँ शक्ति निर्माण अभियानको कमिटी विस्तार गरिएको छ । मंगलबार
भएको भेलाले हर्कलाल बलको संयोजकत्वमा ३९ सदस्यीय कमिटी निर्माण गरेको हो ।

जसको कार्यालय सचिवमा कृष्णमाया तितुङ रहेका छन् । सदस्यहरुमा जितबहादुर स्याङ्तान,
विकास रुम्बा, पूर्ण भ्लोन, लाल सिं दोङ, गोमा मोक्तान, वुद्ध बल, सरस्वती बललगायत रहेका छन् । नयाँ
शक्ति निर्माण अभियानका अभियन्ता सोनाम सिं स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलामा ज्योति रायमाझी,
निबन्ध लामालगायतको आतिथ्यता रहेको थियो ।यसैचिच हेटौंडा–९ मा रहेको प्रगति उच्च माविमा नयाँ शक्ति
निर्माण अभियानमा विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया भएको छ ।

नयाँ शक्ति निर्माण विद्यार्थी अभियान प्रगति उच्च मावि इकाइ कमिटीको आयोजनामा मंगलबार
अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । इकाई संयोजक राजन चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा
नयाँ शक्ति निर्माण अभियान मकवानपुरका संयोजक प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अभियन्ताहरु कुमार वर्तौला, ज्ञानेन्द्र लामिछाने, उमेशकुमार मगर, श्रवणकुमार वर्तौला, सुमन
श्रेष्ठ, सुजन थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल