१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३ जनाको हत्याअघि राजुले छोरालाई पठाएका थिए तरकारी किन्न

९ फाल्गुन २०८०, बुधबार ०८:५५

फागुन ९, काठमाडौँ | सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई ​काठमाडौंको नागार्जुन नगरपालिका ६ बस्ने ५१ वर्षीय राजु घिमिरेले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेको खुलेको छ ।

बुधवार बिहान उनले सँगै बस्दै आएका १५ वर्षीय छोरा अनिश श्रेष्ठलाई तरकारी किन्न पठाएर उनीहरूको हत्या गरेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

'उनले आफ्नो छोरालाई यहाँ नजिकैको पसलबाट हैन, चोकमा पुगेर तरकारी लिएर आइज भनेर पठाएका रहेछन्', ती अधिकारीले भने ।

त्यसपछि उनले तीनै जनाको हत्या गरेर आफ्नो फोनमा भिडियो खिचेर अनिशलाई पठाएका प्रहरीले जनाएको छ ।

काठमाडौंको सीतापाइलामा बुधवार बिहान ३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएका थिए । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।​

राजुको शव भने घरभन्दा केही पर जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

पारिवारिक झगडाका कारण उनले श्रीमती, छोरी र नातिनीको हत्या गरे आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ