१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘म्याकुरी’को आरोप: म श्रीमती पीडित हुँ, श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरे

१० फाल्गुन २०८०, बिहीबार ०७:०८

फागुन १०, काठमाडौँ | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका छन् ।

उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू श्रीमती पीडित भएको आरोप लगाए ।

युट्युबर सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख शेयर गरे । आफूले अर्को युवतीलाई गर्भवती बनाएको भनेर श्रीमती सुम्निमाले लगाएको आरोपको खण्डन गरे ।

‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्य छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’

उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए ।


सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमणलगायतको क्रियाकलाप गर्ने गरेको बताए ।

उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । अरू पुरुषसँग निकट रहेको थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।

सुन्नीमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए ।

श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरेको उनले सुनाए । श्रीमतीले आफूलाई दैनिक कुटपीट गर्ने गरेको बताए ।

उनकी श्रीमती सुन्नीमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै युट्युबमा अन्तर्वार्ता दिएकी थिइन् ।

अन्तर्वार्तामा सुम्निमाले आफू हुँदा हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी थिइन् । आफूविरुद्ध श्रीमती सुम्निमाले विभिन्न आरोप लगाएपछि पवनले युट्युबर सम्मेलन गर्दै आफ्नो कुरो बाहिर ल्याएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ