३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पेरिसको नक्कल गरेर चीनमा बनाइयाे सहर, हनिमुन मनाउनेकाे भीड

११ फाल्गुन २०८०, शुक्रबार ०३:१४

फागुन ११, इजिङ | अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ । 

चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको जस्तो लाग्दैन । मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन किनभने अब चीनले विश्वका प्रसिद्द शहरहरू पनि नक्कल गरेर चिनको भुमीमा बनाउन थालेको छ। चीनले पेरिसको यति धेरै नक्कल गरेको छ कि त्यहाँ एफिल टावर पनि बनाएको छ ।

नेशनल ज्योग्राफिकका अनुसार चीनले तियान्दुचेङमा दोस्रो पेरिस बनाएको छ, यहाँका पसल र सडक पनि पेरिस जस्तै देखिने गरी बनाइएको छ । यो सहर चीनले १० हजार मानिसका लागि बनाएको थियो तर जहाँ सन् २०१३ सम्ममा मात्रै २००० मानिस बस्दै आएका थिए । यति सुन्दर र भव्य बनाए पनि पूरै सहर भने अहिले खाली नै रहेको छ । 

सन् २००७ मा खोलिएको यो सहर निर्माणमा एक अर्ब पाउण्ड खर्च भएको छ । यहाँ एउटा एफिल टावर पनि बनाइएको छ, जसको उचाइ १०७ मिटर छ। जबकि पेरिसको वास्तविक एफिल टावरको उचाइ ३३० मिटर छ।

सीएनएनका अनुसार चीनको पेरिस सहरको जियाङ्सी रोडलाई फ्रान्सेली नाम पनि दिइएको छ, यहाँ युरोपेली डिजाइनका बगैंचा पनि बनाइएको छ । यदि तपाईं अचानक यो सहरमा पुग्नुभयो भने तपाईं पेरिसमा आउनु भएको महसुस गर्न सक्नुहुन्छ। यो सहर झेजियाङ प्रान्तमा निकै दुर्गम छ, जसका कारण मानिसहरू यहाँ जान मानिरहेका छैनन । 

तर, भर्खरै बिहे गर्ने नयाँ जोडीहरु हनिमुनका लागि चीनको पेरिस सहर जान रुचाउँछन्, जसका कारण यो सहर अहिले निकै लोकप्रिय बन्दै गएको छ ।

सन् २०१७ मा यो सहरमा ३० हजार मानिस बसोबास गर्ने दाबी गरिएको थियो, यससँगै अब युरोपेलीहरू पनि यहाँ बस्न चाहन्छन् भन्ने हल्ला पनि चलाइएको थियो तर त्यस्तो केही हुन भने सकिरहेको छैन । तियान्डुचेङमा रहेको एफिल टावरको प्रतिकृति मात्रै होइन, चीनले हङकङको सिमानामा पर्ने दक्षिणी सहर शेन्जेनमा पनि १०८ मिटर अग्लो टावर निर्माण गरेको छ। 

चीनले लन्डनको टावर, पुल र अल्पाइन गाउँहरू पनि बनाएको छ। सिड्नी ओपेरा हाउसको प्रतिलिपि चीनमा पनि उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट