2026-07-24 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका नेपालका अर्याल मेटाको पहिलो नम्बरमा

फागुन १३, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई फेसबुकको मातृ संस्था मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको छ । मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो ।

नेपालकै विस्तृत दाहाल ७ औँ र सन्तबहादुर घर्तीमगर ९ औँ स्थानमा परेका छन् । एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएका कारण मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको अर्यालले फेसबुक पोष्टमा उल्लेख गर्नुभएको छ ।

ह्वाइट ह्याटलाई नैतिक सुरक्षा ह्याकरका रुपमा चिनिन्छ । यसअघि फेसबुकमा जुनसुकै एकाउन्ट एक क्लिक र शून्य क्लिकमै आफ्नो कब्जामा लिन सकिने कमजोरी थियो । त्यो पत्ता लगाएर जानकारी दिएका कारण मेटाले पहिलो नम्बरमा समेटेको उहाँको पोष्टमा उल्लेख छ ।

फेसबुकले यो कमजोरीलाई अहिले सुधार गरिसकेको छ । यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औँ स्थानमा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक