2026-08-22 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्ससँग नेपालको ८ विकेटको हार, नेपाललाई उछिन्दै दोस्रोमा उक्लियो नेदरल्यान्ड्स

फागुन १३, काठमाडौँ | आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपाली टोली पराजित भएको छ । नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

नेदरल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय म्याक्स ओ’डड र माइकल लेभिटले गतिलो सुरुआत दिएका थिए । यी दुबै ओपनरले ६१ रनको साझेदारी गरे । लेभिटले ३९ र म्याक्सले २८ रन बनाए । डच टोलीका अन्य ब्याट्सम्यानले पनि निखारिएको प्रदर्शन गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका बिक्रमजित सिंहले अविजित ५८ रन बनाए । उनले ९२ बलको सामना गरी सात चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अविजित ४६ रन बनाए । उनले ७५ बलमा तीन चौका प्रहार गरे । नेपाली टोलीका बलर ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यानजस्तै बलरहरु पनि प्रभावकारी देखिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो