१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङ अस्पतालमा पाठेघरको शल्यक्रिया सेवा सुरु

१५ फाल्गुन २०८०, मंगलवार ०८:०६

फागुन १५, काठमाडौँ | जिल्ला सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले पहिलोपटक टिएएच (टोटल एब्डोमिनल हिस्टेरेक्टोमी) पद्धतिबाट  पूर्ण पाठेघर निकाल्न सफल भएको हो।

१० जनाको पाठेघर अप्रेसन गरिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनले भने, ‘पहिले गाइनोक्लोजिस्ट भएर पनि अप्रेसन नभएको रहेछ । अहिले हामीले सुरु गरेका छौँ। अहिले पाठेघरको सबै खालको शल्यक्रिया धादिङ अस्पतालमै हुने गरेको छ। अहिले पाठेघर खस्ने समस्याको अप्रेसन एचभी (भजाइनल हिस्टेरेक्टोमी) पनि नियमित रूपमा भइरहेको छ।’

त्यस्तै, १५ जनाभन्दा बढी महिला–पुरुष दुवैको स्थायी बन्ध्याकरण गरिएको उनले बताए। ‘अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँदै लैजाने तयारीमा छौँ। प्रसूति सेवा पनि थप सहज बनाएका छौँ। जटिल खालका प्रसूति डेलिभरीको पनि धादिङ अस्पतालमै अप्रेसन हुन्छ,’ उनले भने।

जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट एवं स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्रप्रसाद भट्टसहितको टोलीले शल्यक्रिया गर्दै आएकाे छ। धादिङ अस्पतालमै पाठेघरको अप्रेसन हुन थालेपछि सेवाग्राहीहरू खुसी भएका छन्। विशेषज्ञसहितको सेवा सुरु गरेको अस्पतालले निरन्तर रूपमा सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीको भनाइ छ।

फागुन ३० गतेसम्म चल्ने नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामले अभिनय गरेका छन् ।

बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि ३ सय र ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ